संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
वि.सं. २०१४ साल (सन् १९५७) मा स्थापना भएको यस विद्यालय धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ५, फुलखर्कमा अवस्थित एक ऐतिहासिक तथा प्रतिष्ठित शैक्षिक संस्था हो। करिब ६८ वर्षभन्दा बढीको शैक्षिक यात्रासहित, यस विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५२ किलोमिटर मोटरमार्गको पहुँचमा तथा समुद्री सतहबाट करिब १,३०० मिटर उचाइमा अवस्थित यस विद्यालयले स्थापना कालदेखि नै ग्रामीण समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय तथा पहुँचयोग्य शिक्षा प्रदान गर्ने उद्देश्यलाई आत्मसात गर्दै आएको छ।
विद्यालयले समयसँगै शैक्षिक गुणस्तर सुधार गर्दै साधारण तथा प्राविधिक दुवै धारमा अध्ययन-अध्यापन सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा करिब 4०० विद्यार्थी अध्ययनरत छन्। साधारण धार अन्तर्गत व्यवस्थापन तथा शिक्षा संकायको पठनपाठन भइरहेको छ भने प्राविधिक धार (कक्षा ९–१२) अन्तर्गत कृषि बाली विज्ञान विषयको अध्यापन सफलतापूर्वक सञ्चालन हुँदै आएको छ।
नेपाल सरकारको देशभर १०० वटा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम अन्तर्गत वि.सं. २०७० सालदेखि यस विद्यालय धादिङ जिल्लाकै एकमात्र प्राविधिक विद्यालयका रूपमा छनोट भई कृषि बाली विज्ञान विषयको प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई आधुनिक कृषि प्रविधि, व्यावहारिक सीप तथा स्वरोजगारमुखी अवसरतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।