+२ शिक्षा संकायले शिक्षाशास्त्र, सिकाइ प्रक्रिया, मानव विकास तथा शिक्षण विधिसम्बन्धी ज्ञान प्रदान गर्दछ। यस कार्यक्रमले भविष्यका सक्षम शिक्षक, प्रशिक्षक तथा शैक्षिक नेतृत्वकर्ताहरू तयार पार्ने उद्देश्य राखेको छ। मण्डली माध्यमिक विद्यालय (प्राविधिक विद्यालय) अनुभवी शिक्षक, विद्यार्थीमैत्री वातावरण तथा व्यवहारिक शिक्षण पद्धतिमार्फत प्रत्येक विद्यार्थीको सर्वाङ्गीण विकास र उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध छ।